शिखर इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/८१ को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ ।