च्याट जीपीटीभन्दा धेरै डाउनलोड भयो चिनियाँ एप ‘डीप सीक’


काठमाडौं । कृत्रिम प्रज्ञा (एआई) क्षेत्रको चर्चित अमेरिकी एप च्याट जीपीटीको भन्दा चिनियाँ एप डीप सीक धेरै डाउनलोड भएको छ । अमेरिका, बेलायत र चीनमा यो एपलाई डाउनलोड गर्नेहरु च्याट जीपीटीभन्दा धेरै भएको छ ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार यही जनवरीमा सार्वजनिक भएको एप अमेरिकाको एआई नेतृत्वलाई चुनौती दिनेगरी अगाडि आएको छ ।
डीप सीक च्याट जीपीटीभन्दा धेरै लगानीमा तयार भएको एप हो । यसको लागत ६० लाख अमेरिकी डलर भएको बीबीसीले बताएको छ ।
सन् २०२१ बाट एआईलाई चल्न आवश्यक चिप्सहरुको निर्यातमा अमेरिकाले कडाइ गरे तापनि चिनियाँ एपहरुले अमेरिकीसँग प्रतिस्पर्धा गरेको बीबीसीले उल्लेख गरेको छ । यो एपका निर्माता चीनको दक्षिणी शहर हाङचाउमा रहेका ४० वर्षका युवा लिआङ वनफङ हुन् ।