आफ्ना अवैध आप्रवासी आफैं फिर्ता ल्याउन अमेरिकाको सबै देशलाई आग्रह


काठमाडौं । आफ्ना देशमा आएका विश्वभरका आप्रवासीलाई सम्बन्धित देश आफैले फिर्ता ल्याउन अमेरिकाले आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एक प्रेस रिलिज निकाल्दै यस्तो आग्रह गरेका छन् ।
राष्ट्रपति ट्रम्पको सरकारको समयमा अमेरिकालाई कसैले पनि ‘ठग्न र फाइदा लिन’ नसक्ने भन्दै रुबिओले जुन जुन देशका अवैध आप्रवासी छन् तिनका देश आफैले ‘गम्भीर र तत्काल’ फिर्ता लानुपर्ने बताएका छन् ।
यस्तै कोलम्बियाका राष्ट्रपति पेत्रोले अमेरिकी सैनिक जहाज उड्न सुरुमा अनुमति दिएर उडेपछि रद्द गरेको रुबिओले सार्वजनिक गरेका छन् ।
दुई आप्रवासी बोकेको सैन्य जहाज अवतरण गर्न कोलम्बियाले अनुमति दिएको थिएन । तर, ट्रम्पले २५ प्रतिशत भन्सार कर लाद्ने भनेपछि दुई देशले सहमति गरेर अवतरण सहजीकरण भएको विश्व मिडियाले उल्लेख गरेका छन्।
भारतीय विदेशमन्त्री एस। जयशङ्करले भारतीय अवैध आप्रवासीहरू फिर्ता गर्न भारत तयार भएको बताएका छन् । नेपालले भने कुनै सार्वजनिक धारणा राखेको छैन ।
नेपालबाट गएका अबैध आप्रबासी जती सबै बालुवाटार, सिहदरबार, प्यारिसडाडा र तिनलाइ समर्थन गरने रोल्पा-रूकुमका कम्युनिष्टका घरमा र बाहीर गएका नेपालीलाइ तथानाम गाली गर्ने रामकुमारी झाक्री र त्यसका समर्थकका घरमा लगेर राख्नु पर्छ।