कर्मचारीका लागि सरकारले जारी गर्‍यो साइबर सुरक्षा एड्भाइजरी (पूर्णपाठ) – Nepal Press

कर्मचारीका लागि सरकारले जारी गर्‍यो साइबर सुरक्षा एड्भाइजरी (पूर्णपाठ)

काठमाडौं । सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ ।

सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा तीन तीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ ।

घर परिवार आफन्त साथीभाइको नाम, मोबाइल नम्बर जस्ता सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्न पनि भनेको छ ।

यस्तै, आफ्नो निकायमा प्रयोग भइरहेका साइबर सुरक्षाका उपकरणहरू उचित कन्फीग्रेसन र सेक्युरिटी हार्डन गरी मात्रै प्रयोग गर्न भनिएको छ ।

यस्तै प्रणालीहरूको कम्तीमा पनि वर्षको एक पटक अनिवार्य रूपमा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने र त्यसको अडिट लग रहने व्यवस्था मिलाउन पनि भनेको छ ।

पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर