इपीएल : लिभरपुलको विशाल जित – Nepal Press

इपीएल : लिभरपुलको विशाल जित

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले विशाल जित दर्ता गरेको छ ।

शनिवार राती भएको खेलमा लिभरपुलले इस्विच टाउनलाई ४-१ गोलले पराजित गरेको हो ।

खेलमा डोमेनिकले ११ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । हरेक पक्षमा इस्विच भन्दा निकै सशक्त प्रदर्शन गरेको लिभरपुलको लागि स्टार फर्वाड महोमत सलाहले ३५ औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

खेलको ४४ औँ मिनेटमा गाक्पोले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए । दोस्रो हाफको ६६ औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० मा लगे तर इस्विचको तर्फबाट खेलको ९० औँ मिनेटमा गर्भासले गोल गरे र खेल ४-१ ले लिभरपुलले जित्यो ।

जितपछि लिभरपुलको अग्रता थप बलियो बनेको छ । दोस्रो नम्बरको आर्सनल भन्दा एक खेल कम खेलेको लिभरपुलको २२ खेलबाट ५३ अङ्क पुगेको छ ।

शनिबारनै भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले उल्भ्सलाई १-० गोलले पराजित गरेको छ । लिभरपुल भन्दा एक खेल बढी खेलेको आर्सनलको ४७ अङ्क छ ।

पराजित इस्विच १६ अङ्क सहित रेलिगेसन जोनमा यथावत् छ भने १६ अङ्कनै रहेको उल्भ्स भने गोल अन्तरले रेलिगेसन भन्दा एक स्थान माथि अर्थात् १७ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *