नटिंघमबिरुद्ध बर्नमाउथको गोल वर्षा – Nepal Press

नटिंघमबिरुद्ध बर्नमाउथको गोल वर्षा

हेटौँडा। इङ्लिस प्रिमियर लिग (इपीएल) को जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको तेस्रो नम्बरको नटिंघम फरेस्टले शनिवार नमिठो हार बेहोरेको छ ।

बोर्नेमाउथको घरेलु मैदानमा सम्पन्न लिग चरणको २३ औँ खेलमा नटिंघमले बोर्नेमाउथसङ्ग ५-० को पराजय बेहोर्न परेको छ ।

खेलको हरेक पक्षमा बर्नमाउथ भन्दा कमजोर प्रदर्शन गरेको फरेस्टले दोस्रो स्थानको अर्सनलसँग अङ्क बराबरी गर्ने अवसरलाई उपयोग गर्न नसके पनि तेस्रो स्थानमा भने कायम छ ।

खेलमा बर्नमाउथले नवौँ मिनेटबाट सुरु गरेको गोलको वर्षा ९१ मिनेटसम्म जारी राखेको थियो । उसको लागि खेलको नवौँ मिनेटमा जस्टिनले गोल गरे । त्यसपछि फर्वाड दाङगो ओट्टाआराले ह्याट्रिक गर्दै टिमलाई विशाल जित तर्फ लगे । उनले ५५, ६१ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसपछि पनि नरोकिएको बोर्नेमाउथले सिमिन्यो मार्फत ९१ औँ मिनेटमा गोल गर्दै टिमलाई ५-० को जित दिलाए । शनिबार नै भएको अन्य खेलमा एभर्टनले ब्राइटनलाई १-० ले पराजित गर्दै रेलिगेसन जोनमा रहेको टोलिसँगको अंकदुरी बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *