अखिल क्रान्तिकारीमा सचिवसहित १२० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित (सूचीसहित) – Nepal Press

अखिल क्रान्तिकारीमा सचिवसहित १२० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा सचिवसहित १२० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार केन्द्रीय सचिव मुस्लिमतर्फ मिरोज अहम्मद निर्विरोध निर्वाचित भए । प्रदेश १ बाट खुला सचिवालय सदस्यमा उमेश ढुंगाना, विश्वास राई, नवीन दाहाल, छात्रा सचिवालय सदस्यमा डोमा राई र समावेशी सचिवालय सदस्यमा विकास केरुङ निर्विरोध निर्वाचित भए ।

यस्तै मधेश प्रदेशबाट समावेशी सचिवालय सदस्यमा राजन झा, बामगती प्रदेशबाट छात्रा सचिवालय सदस्यमा सगुन सापकोटा, गण्डकी प्रदेशबाट खुला सचिवालय सदस्यमा साजन नेपाली, काशीराम पौडेल र सरण विक तथा छात्रा सचिवालय सदस्यमा अनु न्यौपाने तथा समावेशी सचिवालय सदस्यमा सदस्य कुमारी घले निर्विरोध निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशबाट छात्रा सचिवालय सदस्यमा वेनता बुढा र समावेशी सचिवालय सदस्यमा ताराबहादुर घर्तीमगर, कर्णाली प्रदेशबाट छात्रा सचिवालय सदस्यमा पार्वतीकुमारी सञ्ज्याल, सुदूरपश्चिम प्रदेशबाट छात्रा सचिवालय सदस्यमा गौरीकलाकुमारी रोका र समावेशी सचिवालय सदस्यमा सौरभ चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

उपत्यका विशेष प्रदेशबाट छात्रा सचिवालय सदस्यमा अस्मिता खत्री र रीना सापकोटा निर्विरोध निर्वाचित भए । केन्द्रीय समितिको लेखा आयोगको उपाध्यक्ष छात्रामा गायत्री सिंह निर्विरोध निर्वाचित भइन् । बाँकी १३ जना लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर