अखिल क्रान्तिकारीको मतदान सकियो, आज रातिदेखि नै गणना गरिने


काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान सकिएको छ ।
मतदानामा २ हजार ३९८ प्रतिनिधिमध्ये १ हजार ९२२ मत खसेको पार्टीको विद्यार्थी इन्चार्ज हिमाल शर्माले बताए । उनले आजै रातिदेखि मत गणना गरिने जानकारी दिए
अखिल क्रान्तिकारीको अध्यक्षका लागि ४ जना मैदानमा छन्। उपदेश यादव, विजयप्रकाश सापकोटा, हेमन्त राई र सुदिन पौडेल प्रतिस्पर्धामा छन् ।
उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको काठमाडौंमा र अन्य प्रदेशको प्रदेशस्तरमै मतदान भएको थियो ।
निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक गरी ३३ पदाधिकारी निर्वाचित गरिनेछ ।