कांग्रेस-एमालेबाट नराम्रोसँग धोका खाएँ, अब फेरि विश्वास गर्न सक्दिनँ: प्रचण्ड (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेबाट नराम्रोसँग धोका खाएँ, अब फेरि विश्वास गर्न सक्दिनँ: प्रचण्ड (भिडिओ)

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफू पुगेको संकेत गरेका छन् ।

दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक आफूले नराम्रोसँग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् ।

सरकारमा जान हतारो नभएको भन्दै उनले आफू जनताको बिचमै रमाइरहेको दाबी गरे ।

‘पछिल्लो चोटी नराम्रो धोका खाएँ मैले र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’, प्रचण्डले भने, ‘सरकारमा जान हतारो छैन । जागरण अभियानलाई उचाइमा पुर्‍याउने संकल्प लिएको छु ।’

माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तह उत्कृष्ट बन्न सफल भएको बताउँदै उनले काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे ।

प्रचण्डले आफू सरकारमा हुँदा र सरकारबाट बाहिरिँदा पनि निरन्तर जनताको पक्षमा जोडिरहेको बताए ।

‘सरकारमा हुँदा र सरकारबाट बाहिर हुँदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘सरकार होइन, म जनतासँग रमाइराखेको छु ।’


प्रतिक्रिया

4 thoughts on “कांग्रेस-एमालेबाट नराम्रोसँग धोका खाएँ, अब फेरि विश्वास गर्न सक्दिनँ: प्रचण्ड (भिडिओ)

  1. तिमीलाई एमालेले त अब 0 पनि पुछ्दैन । काँग्रेसले भन्यो भने कुदेर जान्छौ खान । धक्कु लगाउँछौ नौटंकी ?

  2. आफुले काङ्ग्रेस र एमालेलाई दिएको धोखाधडी को हिसाब चैं खै त ?

  3. याे गठवन्धनमा खटपट नपरून्जेलकाे छटपटि मात्र हाे । खटपट पर्नासाथ दुई मध्य एककाे चाकडीमा कसरत गर्ने यीनै क्रान्ति बीर नै अघि सर्ने हाे ।कसले नचिनेकाे छ र यहांकाे चलन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर