कांग्रेसको निष्कर्ष- ओली सरकारमा पार्टीको उपस्थिति अझै बढाउनुपर्छ (भिडिओ)
सरकार र मन्त्रीको कामबारे प्रवक्ता महतले भने- सन्तुष्ट भएको दिनमा त केही गर्ने परेन नि !


काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीको उपस्थिति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीको सरकारमा सशक्त उपस्थिति हुनुपर्यो भन्ने सुझाव आएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
उनले भने, ‘मन्त्रीज्यूहरु काम गर्न आफ्नो क्षमताअनुसार लागिराख्नु नै भएको छ । त्यसमा पदाधिकारीहरुले सल्लाह सुझाव दिनुभएको छ । प्रधानमन्त्रीलाई पनि कतिपय सुझावहरु आइरहेका छन् । पार्टीको सरकारमा सशक्त उपस्थिति हुनुपर्यो । सरकारी संयन्त्रहरुमा पनि पार्टीगत विषयलाई बढी सहभागी गराउनुपर्यो ।’
प्रवक्ता महतले सरकारको गति बढाउन प्रधानमन्त्रीले पनि लिड लिनुपर्ने कुरा बैठकमा उठेको बताए ।
मन्त्रीहरुको कामबारे उनले भने, ‘समग्रमा राम्रो काम गर्नुभएको छ । आवश्यकता धेरै भएकाले सन्तुष्ट भएको दिनमा त केही गर्न परेन नि ! जहिले पनि सुधारको ठाउँ रहिरहन्छ । अझै उत्कृष्ट रुपमा प्रस्तुत गर्ने ठाउँ त सधैं रहन्छन् ।’