राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (भिडिओ) – Nepal Press

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (भिडिओ)

काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना-प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

नेपालीहरुको भविष्य समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए ।

उनीहरुले सबै नेपाली एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए । प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबर स्पेस सार्वभौमसत्ता कायम गर, प्रतिक्रियावादी व्यवस्था मुर्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

One thought on “राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (भिडिओ)

  1. नेपाल राष्ट्रिय सूचना प्रविधि ईतर समाजको नामले कार्यक्रम गर्ने हो भने सुनमा सुगन्ध हुनेथ्यो कि ! जयहोसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर