कांग्रेस बैठकमा मन्त्रीहरुलाई देउवाले भने- सरकारमा केही समस्या भए यही राख्नुस्, बाहिर होइन (भिडिओ) – Nepal Press

कांग्रेस बैठकमा मन्त्रीहरुलाई देउवाले भने- सरकारमा केही समस्या भए यही राख्नुस्, बाहिर होइन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई केही समस्या भए पार्टीकै बैठकमा राख्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकमा सभापति देउवाले बाहिर सबै एक ढिक्का हुनुपर्ने बताएका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

उनले भने, ‘आज परराष्ट्रमन्त्रीबाहेक सबै बैठकमा सहभागी हुनुहुन्थ्यो । सभापतिले उहाँहरुलाई केही समस्या भए यही भित्र कुरा राख्नुस्, बाहिर एक भएर जानुपर्छ भन्ने कुरा राख्नुभयो । सरकारबारे पदाधिकारीहरुले पनि कुनै असन्तुष्टि राख्नुभएको छैन ।’

उनले संविधान कार्यान्वयन गर्न समस्या भए अध्यादेशबाटै भए पनि कानून बनाउनुपर्ने कुरा उठेको बताए ।

प्रमुख सचेतक घिमिरेले सरकारको समग्र कामबारे गृहमन्त्री रमेश लेखकले बैठकमा ब्रिफिङ गरेको पनि बताए ।

उनले मन्त्रीहरुले मात्रै नभई सांसदहरुले पनि आफ्नो कुरा जे भए पनि भोलिदेखि बस्ने संसदीय दलको बैठकमा राखेर संसदमा एक ढिक्का भएर प्रस्तुत हुनेबारे छलफल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर