युक्रेनलाई दिँदै आएको सैन्य सहयोग बन्द गर्दै अमेरिका – Nepal Press

युक्रेनलाई दिँदै आएको सैन्य सहयोग बन्द गर्दै अमेरिका

काठमाडौ । अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्ने भएको छ । ९० दिनसम्म सहयोग ठप्प बनाउने अमेरिकी निर्णय आएको अमेरिकी अखबार पोलिटिकोले उल्लेख गरेको छ ।

पोलिटिकोका अनुसार युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग यो बन्दमा पर्नेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओको आदेशमा सहयोग बन्द भएपछि स्टेट डिपार्टमेन्टका अधिकारीहरु अचम्मित भएको बताइएको छ ।

आफूलाई शान्ति निर्माताको रुपमा चित्रित गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट युक्रेनलाई सहयोग दिन बन्द गर्ने निर्णय आएकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुस-युक्रेन मुद्दामा वार्ता गर्न तयार भएको सार्वजनिक गरेका छन् ।

ट्रम्पको आगमनसँगै अमेरिका र रुस सम्बन्धमा सुधार हुनेमात्रै होइन, बन्द भएको उच्चस्तरीय समन्वय र संवाद पनि सुरु भएको छ । बाइडेन र पुटिनको सम्बन्ध चिसिएको थियो ।

बाइडेनले पुटिनको सत्ता ढाल्ने बताएकामात्रै थिएनन्, उनलाई ‘हत्यारा’ तथा ‘बेस्याका छोरा’ भनेर सार्वजनिक रुपमै भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर