बंगलादेशको नेपाली राजदूतावासको आयोजनामा ‘मेरो आँखामा नेपाल’ पेन्टिङ प्रतिस्पर्धा – Nepal Press

बंगलादेशको नेपाली राजदूतावासको आयोजनामा ‘मेरो आँखामा नेपाल’ पेन्टिङ प्रतिस्पर्धा

काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासको आयोजनामा बंगलादेशमा पेन्टिङ प्रतिस्पर्धा आयोजना गरिएको छ । राजदूतावासले दिएको जानकारी अनुसार प्रतिस्पर्धामा ९१ विद्यालयका ३५० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

६ वर्षबाट १० वर्षसम्म र ११ वर्षबाट १६ वर्षसम्मका उमेर समुहका विद्यार्थीहरुले दुई समूहमा विभाजन भएर सहभागिता जनाएका थिए । बंगलादेश नेपाल मैत्री समाजसँगको सहकार्यमा यहि जनवरी २४ मा कार्यक्रम आयोजना भएको थियो ।

प्रतिस्पर्धाको शीर्षक ‘मेरो आँखामा नेपाल’ रहेको थियो । प्रतिस्पर्धाबाट चार विजेतासहित १० कलालाई निर्णायकहरुले छनाैट गर्नेछन् । विजेता घोषणा र पुरस्कार हस्तान्तरण अर्को एक कार्यक्रम गरेर हुने राजदूतावासले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर