प्रहरीका एसएसपी सरुवा: काठमाडौं प्रहरी प्रमुखमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत

२०८१ माघ १२ गते ६:२५

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ एसएसपीको सरुवा गरेको छ ।
गृह सचिवस्तरीय निर्णयमा प्रकाशित सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारी तोकिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन् ।
काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर