फेरिए पाँच जिल्लाका प्रहरी प्रमुख: पर्सामा मिश्र, नुवाकोटमा रेग्मी, इलाममा कोइराला – Nepal Press

फेरिए पाँच जिल्लाका प्रहरी प्रमुख: पर्सामा मिश्र, नुवाकोटमा रेग्मी, इलाममा कोइराला

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रमुखको जिम्मेवारीमा रहेका पाँच जिल्लामा हेरफेर गर्दै १७ एसपीको सरुवा गरेको छ ।

उक्त दर्जाको सबभन्दा आकर्षक मानिने जिल्ला पर्सा प्रहरी कार्यालयमा गौतम मिश्र सरुवा भएका छन् । त्यहाँका कुमोध ढुंगेल प्रधान कार्यालयमा खटाइएका छन् ।

इलामको प्रहरी प्रमुखमा एकनारायण कोइराला सरुवा भएका छन् । त्यहाँका प्रमुख प्रभुप्रसाद ढकाल एसएसपीमा बढुवा भएपछि उक्त जिम्मेवारी रिक्त भएको थियो ।

नुवाकोट प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी सरुवा भएका छन् । त्यहाँ कार्यरत शान्तिराज कोइराला पनि एसएसपीमा बढुवा भएका छन् ।

बारामा सन्तोष तामाङ सरुवा भएका छन् । सिन्धुपाल्चोकमा रामेश्वर कार्की र चितवनमा राजन लिम्बू सरुवा भएका छन् ।

काठमाडौं प्रहरी परिसरमा अपिलराज बोहराले प्रवक्ता जिम्मेवारी पाउने गरी सरुवा भएका छन् । त्यहाँका एसपी नवराज अधिकारी हालै एसएसपीमा बढुवा भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर