सिमेन्टको मूल्य ११५ भन्दा बढी नबढाउन सबै उद्योगलाई संघको पत्राचार – Nepal Press

सिमेन्टको मूल्य ११५ भन्दा बढी नबढाउन सबै उद्योगलाई संघको पत्राचार

काठमाडौं । सिमेन्टको मूल्य १ सय १५ रुपैयाँभन्दा धेरै नबढ्ने भएको छ । सिमेन्ट उत्पादक संघले आज पत्रकार सम्मेलन गरेर प्रतिबोरा १ सय १५ रुपैयाँभन्दा धेरै मूल्य वृद्धि गर्ने बताएको हो ।

यो मूल्य आजैबाट लागू हुने संघले बताएको छ । सिमेन्टको उत्पादन लागत साढे ५ सयदेखि ६ रहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले बताए ।

यसमा उद्योगअनुसार केही तलमाथि हुनसक्छ बताए । सिमेन्टको उत्पादन लागतमा ११५ रुपैयाँ मूल्य थपेर नयाँ मूल्य कायम हुने भएको हो ।

‘विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्थालाई हेरी हाललाई औसतमा प्रति बोरा अधिकतम ११५ मूल्य कायम हुने भएको छ । यो मूल्यमा मूल्य अभिवृद्धि कर भने समावेश रहेको छैन ।

सबै सिमेन्ट उद्योगलाई पत्राचार गरी धेरैमा ११५ रुपैयाँसम्म मूल्य वृद्धि हुने गरी नयाँ मूल्य कायम गर्नु होला’ संघले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सिमेन्ट उद्योगहरुमा निर्बाध र निरन्तर रुपमा विद्युतको आपूर्ति गर्न उद्योगीले माग गरेका छन् । हालको अवस्था र झन्झटिला कानुनी र अन्य जटिलताहरुले गर्दा सिमेन्ट उद्योग सञ्चालन गर्न अत्यन्तै कठिन परिस्थिति भएको सिमेन्ट उत्पादकले बताएका छन् ।

कुनै पनि उद्योगले उत्पादित बस्तुको मूल्य आफ्नो लागतको आधारमा आफै निर्धारण गर्ने कानुनी व्यवस्था रहेको छ । तर, संघले भने अहिलेको अवस्थालाई हेरेर सिमेन्टको मूल्यमा निर्धारण गर्न पत्राचार गरेको संघले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *