प्रचण्डको दाबी- महाभियोगको चेतावनीपछि मात्रै राष्ट्रपतिले सरकार गठन आह्वान गर्न बाध्य हुनुभयो (भिडिओ)
'रामचन्द्र पौडेल मेरै कारण राष्ट्रपति बन्नुभएको हो'


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गरेका छन्।
दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपति स्वम्ले नभनेको भएपछि कांग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे। उनले ओली सरकार असंवैधानिक भएको दोहोर्याए।
उनले भने, ‘मैले विश्वासको मत पाउदिन भन्ने त प्रष्टै थियो। तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईंले नै हो भनेको थिए। उहाँले गर्ने विश्वास दिनुभएको हो। अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो।’
उनले माओवादी नभएको भए पौडेल राष्ट्रपति बन्नसक्ने अवस्था नै नरहेको बताए।
उनले थपे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई। तर, कांग्रेस र एमालेकै नेताहरुले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन। कांग्रेस र एमालेले संविधान मिच्न चाहनु भएन। नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन। त्यो गठबन्धन बन्ने भएन। मैले सुनेको, कांग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरुले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं भनेपछि धर्मसंकटमा पर्नुभयो। कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि।’
President le khurukka samsad/cabinet le pass gareko kam kura manni ho. No left right. Rukmangat katuwalko case apabad ho maobadi lai chetna vaya. Baki prachanda jee nepal ma kunai pani leader kunai pani political party lai question garne kunai moral right xaina. Nepal ma sab vanda bad practice garne manxe prachanda. Party maobadi. 1000 exemple xa nepali janata sanga. 064 to 079 sammako political jurney jernos….. Tasbir afai bolxa
प्रधानमन्त्री पदबाट बाहिरिएपछि मान्छे विक्षिप्त हुँदो रहेछन् भन्ने प्रचण्डको विभिन्न कार्यक्रममा अभिव्यक्त भनाइबाट स्पष्ट हुन्छ ।
प्रचण्ड , माधव नेपाल र भिम रावलका डिप्रेसन रोगको ओखति नै के पी ओलि रहेछन । बिहान खाना पछि एक पटक , दिंउसो खाजा खाएर एक पटक र बेलुकी सुत्नु अघि एक पटक ओलिलाई गालि गर्नु आनन्दले निन्द्रा लाग्छ भनेर डाक्टरले प्रेस्कृप्सन बनाइ दिएछन जस्तो छ ।
देखिएको कुरा :
१. देश बचाउने र देश बनाउने एमाले हो : एमाले छोडेर को गएछ, भारतीयको लगानीमा देश भित्र ‘जनयुद्द’ भन्दै उत्पात मच्चाउने, जसरी हुन्छ देशमा अशान्ति, झगडा, वैमनस्यता, बेमेल र तनाव (सब्द सब्द अनि हरेक बोलिमा आतंक र भयको गन्ध आउछ जुन कत्ति घातक छ वातावरण बिगार्न) को अवस्था उब्जाएर दवाब सिर्जना गर्ने, जम्मा जम्मी सत्तामा पुग्नको लागि जे पनि गर्ने, भारतको लागि कम्फ़र्टेबल सरकार चनाउने ‘प्रचण्डपथ’ को कसम खाएर प्रचण्ड संग ??
२. २-४ फुर्के कुरा भनेका पर्सेको बोकालाई हरियो घाँसको फुर्को देखाए जस्तै हो, त्येसमा फस्ने र बिस्वाश गर्ने हो भने त्येही बोकाको हालत हुन्छ: त्यो हरेक निकट विगतले देखाएको कुरा हो यो !!
३. अझै पनि पछि लागे छिट्टै ‘हमरा भारत महान’ भन्ने दिन बेहोर्नु पर्ने छ :: दोश्रो सिक्किम बनाउने भारतीय मिसनको यौटा भरपर्दो ‘प्यादा’ दोश्रो लेन्डुप बन्ने धुनको ‘प्रचण्ड’ !!
प्रचण्डका हरेक कुरा ऐनामा फर्काएर हेर्नु ती ठिक हुन्छन : ठिक उल्टो बनाउनु त्यो सत्य हुन्छ !!
जापान नगएका प्रचण्डले ज्नेपाल न आएका जापानका प्रधानमन्त्री संग गहिरो सम्बन्ध भएको ३-४ पल्ट भेटेको र देशको उन्नतिको लागि कुता गरेको भनेर हावा बोल्दै नेपाली र दुनियालाई उल्लु बनाएको धेरै भएको छैन !!
हरेक कुरामा आफु नै मियो, र हर्ता कर्ता बनाउने प्रचण्ड रोग !! त्येशो भए देशमा भएका हरेक समस्याको जड त प्रचण्ड नै रहेछन नि, प्रचण्ड बिना कोहि चल्न, बोल्न उठ्न बस्न नपाउने रहेछ अनि केहि हुने नपाउने रहेछ : ‘समस्याको जढ़’ प्रचण्ड : हो ??!!
सरकार छोडनुपर्दा विक्षिप्त भएको अवस्था । अब त अति नै हुन थाल्यो । मान्छे नाङ्गिन बेर छैन अब ।
मान्छेहरू भान्छेबाट तल झरेपछि कतिसम्ममा भाषण गर्दा रहेछन्, जनताले त्यति लाटा छैनन्, किन बुझ्दैनन् पार्टीहरू ।