अष्ट्रेलियाको राष्ट्रिय दिवस अगाडि जेम्स कुकको शालिकमा रातो पोतेर आदिवासीको आक्रोश


काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय दिवस मनाउने तयारी गरिरहेको समयमा अष्ट्रेलिया पत्ता लगाउने बेलायती अन्वेशक तथा कप्तान जेम्स कुकको शालिकमा रातो पोतिएको छ ।
पछिल्ला १२ महिनामा यसरी शालिकमा आक्रोश पोखिएको यो दोस्रो पटक भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार हरेक वर्ष जनवरी २६ मा अष्ट्रेलियाले मनाउने राष्ट्रिय दिवस अगाडि भएको यो घटनाको अष्ट्रेलियाली प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय दिवसको दिनलाई बेलायतको प्रथम आगमनको दिनलाई मनाइएको भन्दै अष्टे«लियाका आदिवासीहरुले यसलाई राष्ट्रिय दिवस मान्न तयार छैनन् । उनीहरुले यसलाई आफ्नो दुःखको दिन भन्दै आएका छन् । त्यसको आक्रोश कप्तान जेम्स कुकको शालिकमा पोखिँदै आएको छ । सन २०२४ मा मेलबर्नको एक शालिक काटिएको थियो ।
सन् १७७० मा कप्तार जेम्स कुक अष्ट्रेलियाको पूर्वी तटमा पहिलोपटक पुगेको बीबीसीले उल्लेख गरेको छ। कप्तान जेम्स कुकले अमेरिकाको हवाईदेखि अष्ट्रेलिया तथा न्यूजिलण्डसम्मको प्रशान्त महासागर क्षेत्रको विस्तिारिक चित्र बनाएका थिए । उनको शालिक अष्ट्रेलियामा राखिएका छन् ।