लिङ्देनको प्रतिवेदन- सरकार यही शैलीमा चले देश भू-राजनीतिक चक्रव्यूहमा फस्नसक्छ – Nepal Press

लिङ्देनको प्रतिवेदन- सरकार यही शैलीमा चले देश भू-राजनीतिक चक्रव्यूहमा फस्नसक्छ

कांग्रेस-एमालेले दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा रहेको आरोप, समान विचार राख्नेहरूसँग एकता वा मोर्चा बनाउनेबारे मागे सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामान्यतया संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा अनौठो अभ्यास गरिएको टिप्पणी गरेका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित एस.आर.बैङ्क्वेटमा जारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेस एमाले बहुदलीय व्यवस्था मास्न र दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोप समेत लगाए ।

हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैया बढेको भन्दै उनले प्रतिवेदनमा कटाक्ष गरेका छन् । वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्युहमा फस्न सक्ने खतरा रहेको पनि उल्लेख गरेका छन् ।

अध्यक्ष लिङ्देनले आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर संगठन निर्माणलाई आफ्नो प्रतिवेदनमा जोड दिएका छन् । समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसंग सुझाव मागेका छन् ।

बैठकमा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन् । बैठकमा महामन्त्री डा. धवल शमशेर राणाले आन्दोलनसम्बन्धी कार्ययोजना पेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर