पत्नीसँग अलग भए भारतीय क्रिकेटर वीरेन्द्र सहवाग – Nepal Press

पत्नीसँग अलग भए भारतीय क्रिकेटर वीरेन्द्र सहवाग

काठमाडौं । भारतीय क्रिकेटर र पूर्वक्रिकेटरहरुमा डिभोर्सको लहर नै चलिरहेको छ । यो लहरमा सामेल हुने भएका छन् कुनै समयका दिग्गज ब्याट्सम्यान वीरेन्द्र सहवाग ।

सहवाग र उनकी पत्नी आरती अहलावतबीच २० वर्ष अगाडि भएको विवाह करिब करिब तोडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू केही महिना अगाडिदेखि नै अलग-अलग बस्दै आएको खुलासा भएको हो । चाँडै नै औपचारिक पारपाचुके हुन् समाचारहरूमा जनाइएको छ । दुवैले यो विषयमा केही पनि बोलेका छैनन् । उनीहरुले एक अर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।

वीरेन्द्र र आरतीको विवाह सन् २००४ मा भएको थियो । उनीहरूका दुई छोरा छन् । पहिलो सन्तानका रूपमा छोरा आर्यवीरको जन्म सन् २००७ मा भयो । यस्तै २०१० मा कान्छो छोरा वेदान्त जन्मिए ।

यो जोडीको सम्बन्धमा दरार आएका केही संकेतहरु सार्वजनिकरुपमा देखिएका थिए । सहवागले सामाजिक सञ्जालमा दिवाली मनाएका तस्बिरहरू राखेका थिए जसमा आरती कतै पनि थिइनन् । तस्बिरमा छोराहरू र आमा मात्रै देखिएका थिए । दुई हप्ता अगाडि सहवागले पलाक्कडस्थित विश्व नागायाक्सी मन्दिर दर्शनमा पुग्दा पनि साथमा आरती थिइनन् ।

नयाँ दिल्लीकी आरती सहवागसँग विवाह गरेपश्चात पनि आफूलाई लो प्रोफाइलमा राख्दै आएकी थिइन् । दिल्ली युनिभर्सिटीबाट कम्प्युटर साइन्समा डिप्लोमा गरेकी छन् । वीरेन्द्र आरतीले चार वर्षको प्रेमपछि विवाह गरेका थिए । भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको निवासमा भव्य वैवाहिक समारोह आयोजना गरिएको थियो ।

सहवागले सन् २०१५ मा क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसयता उनी क्रिकेटसँग सम्बन्धित विभिन्न जिम्मेवारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *