आफ्नै निर्णयमा यू-टर्न भए जेलेन्स्की, अब पुटिनसँग वार्ता गर्न तयार – Nepal Press

आफ्नै निर्णयमा यू-टर्न भए जेलेन्स्की, अब पुटिनसँग वार्ता गर्न तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नै निर्णय उल्टाउँदै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग वार्ता गर्न तयार भएका छन् ।

जेलेन्स्कीले सन २०२२ मा एक कानुन प्रमाणीकरण गरेर पुटिनसँग वार्ता गर्नु गैरकानुनी बनाएका थिए । अहिले आएर उनी आफै वार्तामा तयार देखिएका छन् ।

अमेरिकी अखबार ब्लुमबर्गका अनुसार जेलेन्स्कीले अमेरिकाले सुरक्षा ग्यारेन्टी गरेमा वार्ता गर्न तयार भएको बताएका छन् ।

बुधवार स्विट्जरल्याण्डको डाभोसकोमा ब्लुमबर्गसग अन्तर्वार्ता दिँदै जेलेन्स्कीले आफू पुटिनसँग सिधा वार्ता गर्न तयार भएको बताएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प आएसँगै युक्रेनी युद्धमा लगानी, अनुदान र लोन घट्ने पक्कापक्की भएसँगै युक्रेनी नेतृत्वको बोली फेरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर