चर्चित टिकटकर जोडीको विछोड, पुरुलाई छोडेर विदेशिँदा भक्कानिइन् रोशना – Nepal Press

चर्चित टिकटकर जोडीको विछोड, पुरुलाई छोडेर विदेशिँदा भक्कानिइन् रोशना

काठमाडौं । चर्चित टिकटकर जोडी पुरु (पुरुषोत्तम) सिग्देल र रोशना विवाह गरेको एक वर्षमै विछोडिएका छन् । रोशना अध्ययनका सिलसिलामा हिजो बेलायत प्रस्थान गरिन् ।

पुरु र रोशनाको गत वर्ष मंसिरमा विवाह भएको थियो । विवाहपछि उनीहरुले संयुक्तरुपमा रमाइला भिडिओहरु बनाएर टिकटक र युट्यूवमा पोस्ट गर्ने गरेका थिए । उनीहरुको भिडिओमा पुरुकी आमाले पनि साथ दिँदै आएकी छन् । छोरा–बुहारीले आमालाई प्राङ्क गरेर पनि थुप्रै टिकटक बनाएका छन् । एक महिनादेखि भने उनीहरुको युट्यूवमा नयाँ भिडिओ आएको थिएन ।

पुरुले हिजो श्रीमतीलाई एयरपोर्टमा बिदाइ गर्दाको मार्मिक भिडिओ बनाएर टिकटकमा हालेका छन् । भिडिओमा दुवैजना एक–अर्काको अंगालोमा रोइरहेका देखिन्छन् । यो भिडिओले झण्डै २० लाख भ्यूज पाइसकेको छ । एक लाख ६७ हजारले लभ रियाक्ट गरेका छन् ।

भिडिओको क्याप्सनमा सिग्देलले लेखेका छन्, ‘अब ४० कटेसी रमाउँला माया ।’
यो क्याप्सनले उनीहरुको लामै विछोड हुन सक्ने संकेत गर्छ । नेपाल प्रेससँग कुरा गर्दै सिग्देलले रोशना एक वर्षको कोर्सका लागि लण्डन गएको बताए ।

एक वर्षपछि फर्किने वा नफर्किनेबारे भने उनले केही खुलाउन चाहेनन् । साथै, आफू पनि जाने योजना रहे–नरहेको बारेमा पनि स्पष्ट जवाफ दिएनन् ।
उनले भने, ‘भविष्यमा के हुन्छ भन्न सकिँदैन । अहिलेसम्म चाहिँ मेरो जाने सोच छैन ।’

भिडिओ कन्टेन्टहरुलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाएका छन् । श्रीमती नभएपछि अब आमासँग मात्रै भिडिओ बनाउने सिग्देलले बताए ।

विहे गरेको एक वर्षमै छुट्टिनुपर्दा दुःखी छन् सिग्देल

उनी भन्छन्, ‘कसलाई मन हुन्छ र एक वर्षमै छुट्टिनलाई । तर, समय–परिस्थितिअनुसार चल्नै पर्यो ।’

पुरु र रोशना दुवैजना फुलटाइम युट्युव–टिकटकमै सक्रिय थिए । पुरु सिग्देलको युट्यूव युट्युवमा ४ लाख ६१ हजार फलोअर्स छन् भने टिकटकमा ११ लाख फलोअर्स छन् । उनीहरुले युट्यूव–टिकटकबाट राम्रै आम्दानी गरिरहेको अनुमान गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर