रुघाखोकी र उच्च ज्वरोले शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि २ दिन विद्यालय बन्द – Nepal Press

रुघाखोकी र उच्च ज्वरोले शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि २ दिन विद्यालय बन्द

काठमाडौं । सिन्धुपाल्चोकको एक विद्यालयमा शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय दुई दिन बिदा दिइएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकास्थित वडा नम्बर ४ मा रहेको श्री थाङपाल भ्याली माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु विरामी परेपछि दुई दिन पठनपाठन बन्द गरिएको हो ।

विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने सबै शिक्षक तथा विद्यार्थी केही दिनदेखि रुघाखोकी तथा उच्च ज्वरोका कारण विद्यालयमा लगभग ४० प्रतिशत भन्दा बढी विद्यार्थी अनुपस्थित रहेको  विद्यालय व्यवस्थापन समितिले जनाएकाे छ ।

उच्च ज्वरोको सङ्क्रमण अरु सबैमा सर्न सक्ने र महामारी रुप लिन सक्ने भएकाले शिक्षक विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पठन पाठन बन्द गर्ने निर्णय गरिएको निमित्त प्रधानाध्यापक विनोद लामाले बताए ।

आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार विद्यालयको अन्य बिदाहरु पठन पाठन व्यवस्थापन हुने गरी माघ १० र ११ गतेका दिन विद्यालयको प्रशासनिका कामकाज बाहेकका सम्पूर्ण कक्षाहरुको पठनपाठन बन्द रहने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *