सरकार फेरबदल नियमित प्रक्रिया हो, तर दलहरु वैदेशिक नीतिमा स्पष्ट हुनुपर्छ: गगन थापा (भिडिओ) – Nepal Press

सरकार फेरबदल नियमित प्रक्रिया हो, तर दलहरु वैदेशिक नीतिमा स्पष्ट हुनुपर्छ: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक नीति र सहायताका सवालमा नेपालका सबै दलहरुको समान धारणा हुनुपर्ने बताएका छन्।

नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवादमा बोल्दै सरकार फेरबदल हुने नियमित प्रक्रिया भएपछि वैदेशिक नीतिको विषयमा सबै स्पष्ट हुनुपर्ने बताए।

उनले भने, ‘वैदेशिक नीति र सहायताका सवालमा नेपालमा जसले आएर सरकार बनाएपनि एउटै हुन्छ, यो कुरा बदल्लिन यसको निरन्तरता हुन्छ। सरकार बदलिराख्छन्, यो नियमित प्रक्रिया हो। एउटा दल आउँछन् जान्छन्, वैदेशिक सहायता नीति नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएकाले बदलिन्न, सबै दलको एउटै धारणा छ भन्ने बनाउन सक्नुपर्छ।’

उनले सरकार हुँदा होस् वा बाहिर भएपनि कांग्रेसको नीति नबदलिएको बताए। उनले वैदेशिक नीतिको बिषयमा अन्य पार्टीहरुलाई पनि प्रष्ट हुन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर