मकवानपुरमा बन्दुकसहित एक जना पक्राउ – Nepal Press

मकवानपुरमा बन्दुकसहित एक जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ९ हरियाली सामुदायिक वन क्षेत्रबाट बन्दुक बोकेर हिँडिरहेका राक्सिराङ गाउँपालिका- १ गडुवानका जितबहादुर थिङलाई पक्राउ गरेको हो ।

थिङको साथबाट फलामको बेरिङ ९ थान, फलाम जस्तो देखिने लाम्चो आकारको वस्तु ३३ थान, ३०५ ग्राम बारुद र एक थान खुकुरी बरामद गरेको प्रहरीले जनाएको छ ।

थिङलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर