समाचारको मुद्दा जिते बेलायती राजकुमारले, सनले माग्यो माफी, भारी क्षतिपूर्ति तिर्ने


काठमाडौं । आफ्नो गोपनियता भंग गरेको भन्दै बेलायती राजकुमार ह्यारीको तर्फबाट दायर भएको मुद्दामा बेलायती ट्याब्लोइड अखबार दि सनले मुद्दा मिलाउन तयार भएको छ ।
मुद्दा मिलाउन माफी र आर्थिक क्षतिपूर्ति दिइने बताइएको छ । आज सार्वजनिक भएको समाचार अनुसार दि सनले समाचारमा माफी मागेको छ भने भारी मात्रामा क्षतिपूर्ति तिर्ने भएको छ ।
ह्यारीका वकिल डेभिड सेरर्बोनले क्षतिपुर्ति भारी तिर्न लागेको सार्वजनिक गरेका हुन्। जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार भारी मात्रामा क्षतिपूर्ति रकम दिने भनिएता पनि अंक खुलाइएको छैन ।
फोन ह्याक गरिएको, अनावश्यक गोपनियता भंग गरेको र निजी स्थानलाई धेरै दुरुपयोग गरेको जस्ता कुरामा दि सन दोषी देखिएको हो ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार ह्यारीले सन १९९६ बाट सन २०११ सम्म ह्यारीबारेमा लिइएका सबै सूचनाहरु गैरकानुनी माध्यमबाट लिइएको आरोप लाएका थिए ।