एआईमा प्रतिस्पर्धी बन्न ट्रम्पको पाँच खर्ब डलर लगानीको घोषणा, एक लाख जागिर सिर्जना गरिने – Nepal Press

एआईमा प्रतिस्पर्धी बन्न ट्रम्पको पाँच खर्ब डलर लगानीको घोषणा, एक लाख जागिर सिर्जना गरिने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको एआई महाशक्ति बनाउन पाँच खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।

उनले त्यसबाट एक लाख जागिर सिर्जना गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार मंगलबार सार्वजनिक भएको घोषणामा प्रोजेक्ट स्टारगेट नामक परियोजनाको लागि अमेरिकाको ओपन एआई, ओराकल र जापानको सफ्ट बैंक मिलेर सहकार्य हुने बताइएको छ ।

स्टारगेट डेटा सेन्टरहरु टेक्ससमा संचालन भइसकेको बताइएको छ । टेक्ससमा २० वटा डेटा सेन्टरहरु संचालन हुने भएका छन् । हरेक डेटा सेक्टरले ओगट्ने क्षेत्र ४६ हजार वर्ग मिटर हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर