देउवाले गरे प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन

२०८१ माघ ९ गते १७:०१

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
विभागको प्रमुखमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली रहेका छन् ।
यी हुन् मनोनीत सदस्य
- कृष्णबहादुर केसी, कास्की
- सुमित्रा खनाल, नवलपुर
- विजय भुसाल, चितवन
- राधेश्याम पाठक, नवलपरासी
- ब्रह्मप्रकाश रौनियार, सुनसरी
- मेघनाथ यादव, धनुषा
- झनकराज तिमिल्सिना, कैलाली
- भीमबहादुर शाही, कालीकोट
- जीतबहादुर लामा, काभ्रेपलाञ्चोक
- सन्तोष कोइराला (परियार), नवलपुर
प्रतिक्रिया