एमसीसीको विरोध गर्नेहरुलाई देउवाले भने- राम्रो रहेछ, सबैले देखे हुन्छ – Nepal Press

एमसीसीको विरोध गर्नेहरुलाई देउवाले भने- राम्रो रहेछ, सबैले देखे हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट पारित गर्ने बेलामा चर्को विरोध भएपनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको बताएका छन्।

नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवादमा बोल्दै उनले एमसीसी राम्रो देखेर नै आफूहरुले सम्झौता गरेको बताए।

उनले भने, ‘एमसीसी हामीले सम्झौता गर्यौं। संसदबाट पास गर्नपनि धेरै गाह्रो भयो। अहिले सबैलाई थाहा भयो साँच्चिकै राम्रो रहेछ भनेर, नेपाललाई फाइदा नै गरेको छ। अनुदानमा पाएको हो। राम्रो गरेको छ सबैले देखे हुन्छ।’

उनले अहिले नेपालले विश्व बैंक, एडिबीबाट ऋण लिने गरेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर