‘दलितलाई खै’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन, ३ बुँदे ज्ञापनपत्र पेश – Nepal Press

‘दलितलाई खै’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन, ३ बुँदे ज्ञापनपत्र पेश

काठमाडौं । ‘दलितलाई खै’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन भएको छ । दलित अभियन्ता एवम दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा बुधबार दिउसो निर्वाचन आयोगको कार्यालय कान्तिपथ अगाडी प्रदर्शन भएको हो ।

निर्वाचन प्रणालीमा दलितको समानुपातिक समावेशीता सुनिश्चित गर्ने व्यवस्था कायम नभएको र निर्वाचन आयोगले तयार पारेको एकीकृत निर्वाचन सम्बन्धी विधेयकमा पनि दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएको संयोजक सुनारले बताए । त्यसैले ३ बुँदे मागसहितको ज्ञापन पत्र निर्वाचन आयोगलाई दलितका लागि दलित अभियान नेपालले पेश गरेको उनको भनाई छ ।

३ बुँदे माग बारे संयोजक सुनारले भने, ‘एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन । संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निर्वाचन ऐन जारी गरिनुपर्छ ।

दलितको समानुपातिक प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्छ ।

अर्को विकल्प निर्वाचन क्षेत्र आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उमेद्वार दिइनुपर्छ र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरिनुपर्छ ।


प्रतिक्रिया

One thought on “‘दलितलाई खै’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन, ३ बुँदे ज्ञापनपत्र पेश

  1. दीपक महर कामी कंनचपुर बैलौरी नगर पालिका वडा नं०.१ says:

    सरकारमा बसेका जनप्रतिनिधि लगायत प्रतेक निकाय प्रणालीका हाकिम अधिकृत हरुले कैहिले पनि ध्यान दिनु भएको छैन ?????
    दलित परिवारका सदस्य हरुको बिजोग छ मानसिक यातना सारारिक पिड़ा हत्या समं भएको छ 😥😥😥 कुनै पनि कानूनी कार्रवाई शुरू हुनु भंदा पहिलानै रफादफा समाप्त गरेको हुन्छ
    गाँव घर तीर कुनै दलित दिदी बईनी सारारिक यातना वा हत्या हुदा वडा अधक्ष ले मिलने र मिलाउने पैसाको लोभ लालसा दिने र न्याय लाई अंधकारमा राखनु भएको छ
    न्यायका न्याधिश वा अधिवक्ता लगायत प्रशासन समेत हरुले दलित लाई अन्याय मात्रै को खोप दिनु हुन्छ
    दलित परिवारका सदस्य हरुको आखाँमा आंशुका थोपा 😥 मात्रै छन
    सरकारका जनप्रतिनिधि हरु सगं बारम्बार दलित माथी भयेको हिंसात्मक कारणी प्रति वार्ता लाप गरने प्रशासन द्वार यातना सहे र पनी निरंतर दलितको लागी संघर्ष गरने हाम्रो खगेन्द्रा सुनार ज्यू लाई उच्च सम्मान छ 🙏👍👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर