कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरले गरेको दमन निन्दनीय : जसपा नेपाल – Nepal Press

कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरले गरेको दमन निन्दनीय : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरेकोप्रति आपत्ति जनाएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्र्दै कवाड व्यवसायीहरूको सुरक्षाको साथै स्वतन्त्र रूपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको सरकारले प्रत्याभूति गराउनु पर्ने बताए ।

विज्ञप्तिमा भनिएको छ, सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाख भन्दा बढी व्यक्तिहरूले रोजगारी समेत पाएको अवस्था छ ।

देशमा सञ्चालित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुको साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल आएर काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौ व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरले गरेको दमन निन्दनीय : जसपा नेपाल

  1. नगरपालिकाले तोकिदिएको स्थानमा व्यवसाय गर्ने हो । जहाँ पायो त्यही होईन । जसपा नेपाल दलाली बन्द गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर