ब्याक टु लाइफको सहयोगमा गोलन्जरमा ३ वटा स्वास्थ्य चौकी भवनको निर्माण सुरू – Nepal Press

ब्याक टु लाइफको सहयोगमा गोलन्जरमा ३ वटा स्वास्थ्य चौकी भवनको निर्माण सुरू

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न तीनवटा हेल्थपोस्ट बन्ने भएको छ । गोलान्जोर गाउँपालिकाको घोक्सिला, किराते र तीनकन्या स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बराल र ब्याक टु लाइफका निर्देशक अच्युतप्रसाद पौडेलले भवनको संयुक्त रूपमा शिलान्यास गरे ।

ब्याक टु लाइफ इ भी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रूपैयाँ बराबरको लागतमा स्वास्थ्य चौकी निर्माण थालिकएको हो । ब्याक टु लाइफको यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैरसरकारी संस्था रहेको छ ।

परियोजनाका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य चौकी भवनको डिजाइन गरिएको छ । १२ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरू ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिए ।

पालिकाका अध्यक्ष बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले हेल्थपोस्ट सञ्चालन गर्ने बताए ।

भवन निर्माणसँगै यहाँका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *