लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी – Nepal Press

लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

रुपन्देही । लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन्।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरूले प्रमुख सचिव अधिकारीको स्वागत गरे ।

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अब दुवै ऐन कार्यान्वयनको लागि नियमावली बनाउन थालिएको हो ।

प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । जसका सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानून उपसचिव सदस्य सचिव रहेका छन् ।

यसअघि अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *