क्रान्तिकारीको अध्यक्षमा ६ र महासचिवमा १० जनाको उम्मेदवारी – Nepal Press

क्रान्तिकारीको अध्यक्षमा ६ र महासचिवमा १० जनाको उम्मेदवारी

अध्यक्षदेखि उपमहासचिवसम्म यी हुन् उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

अनलाइन प्रणालीबाट दर्ता भएको मनोनयनअनुसार अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका हुन् । अखिल क्रान्तिकारीमा नेतृत्वको लागि पहिलोपटक मधेशी समुदायको उम्मेदवारी परेको हो ।

६ जना उम्मेदवारमा यादव पौडेल र बुढा ३१ वर्षका हुन् भने शर्मा र थापा ३० र राई २९ वर्षका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए ।

अर्को कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ ।

जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतो छन् ।

हमाल एक्ली उम्मेदवार हुन् भने महतो मधेशी समुदायबाट उम्मेदवारी एक्ला उम्मेदवार हुन् । जसमा हमालमात्रै उपमहासचिव थिइन् भने काफ्ले, रोक्का, थापामगर, खड्का, बानिया, फुयाँल, महतो सचिव थिए भने बस्नेत र कार्की केन्द्रीय सदस्य थिए ।

क्रान्तिकारीमा मुख्य दाबेदार मानिएका ३ जनामध्ये यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनजिक मानिन्छन् । त्यस्तै पौडेल उपमहासचिव वर्षमान पुन तथा राई अर्का महासचिव जनार्दन शर्मा निकटका हुन् ।

यस्तै अर्को कार्यकारी पद कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारु चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् ।

खुला तथा आरक्षण गरेर ९ उपाध्यक्ष पदका लागि ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ४ खुला उपाध्यक्षमा १८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३ जना महिलाले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनेमा देवकी कार्की, देउमा जैशी (दिपा), बिराज थापा, रमेश आचार्य, समिर बढुाथोकी, भिष्मराज चौलागाई, मुना काप्री, योगश भट्टराई, राजिरमण न्यौपाने, देवेन्द्रराज शर्मा, खेम सिंह, मदन ढकाल, तुलसीराम न्यौपाने, नविन उपाध्याय, अटल आचार्य, बिनोद कोइराला, समिप खरेल र जिवन खड्का रहेका छन् ।

उपाध्यक्ष दलिततर्फ एक पदमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पदम नेपाली, उचित दास, कृष्णबहादुर सुनार, अविनाश रम्तेल र चित्र सुनारको उम्मेदवारी परेको हो । ५ जनामा ४ जना पहाडी दलित समुदायबाट उम्मेदवार रहेका छन् भने मधेशी दलित समुदायबाट दास एक्ला उम्मेदवार हुन् । यस्तै मधेशी उपाध्यक्ष १ पदमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा अभयप्रताप चौबे, अभिमन्यु यादव, सन्जिवकुमार चौधरी र शिवमकुमार साह रहेका छन् ।

यस्तै उपाध्यक्ष खस आर्यतर्फ १ पदकमा लागि ५ जनाकै उम्मेदवारी परेको छ । जसमा सुरज भण्डारी, आशिष वास्ताकोटी, जनक बटाला, उमेश कडेँल र मिनराज आचार्य रहेका छन् भने उपाध्यक्ष आदिवासी जनजाति १ पदमा १ जनाको मात्रै बुद्रोस लिम्बुको उम्मेदवारी परेको छ । उपाध्यक्ष छात्रातर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा पार्वती नेगी, ममता अधिकारी र मनिषा आचार्य रहेका छन् ।

९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा मर्मजंग बम, सुशान्त ताम्राकार, नपेन्द्र थापा, विपीन पोखरेल, विवेककुमार शाह, ध्रुवबहादुर रावल, जटिल कार्की, रमेश बुढाथोकी, दियोजित ओली, रुकु बस्नेत, सन्दीप न्यौपाने, रविन खम्बू, नवीन शाही, उपेन्द्र जम्कट्टेल, विनायक तिमिल्सिना, प्रकाश अधिकारी, हिमाल महरा, रेशम अधिकारी, रामचन्द्र भट्ट, सुशान्त ताम्राकार, निरोज श्रेष्ठ, प्रेमराज उपाध्याय, विनोदबहादुर शाही, रंगमान मल्ल, निर्मला गौतम, विष्णु ढुंगेल, बेनुपराज खत्री, लालबहादुर साउद, गणेश ज्ञवाली र सम्राज राई छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर