सुनकाे मूल्य तोलाकै १ लाख ६० हजार पुग्यो – Nepal Press

सुनकाे मूल्य तोलाकै १ लाख ६० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । एकैदिन आज सुनको मूल्य प्रतितोला १९ सय र चाँदी २० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भइरहेको भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *