सार्वजनिक यातायातमा विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियुको खबरदारी – Nepal Press

सार्वजनिक यातायातमा विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियुको खबरदारी

काठमाडौं । सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियुले खबरदारी गरेको छ ।

अनेरास्ववियुका तत्कालीन अध्यक्ष स्व. रविन्द्र अधिकारीको नेतृत्वमा परिचयपत्रका आधारमा विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा ५० प्रतिशत सहुलियतका लागि भएको आन्दोलनको स्मरण गराउँदै अनेरास्ववियुले आन्दोलनको अवमूल्यन नगर्न पनि चेतावनी दिएको छ ।

अखिलको इतिहास, अग्रजको रगत, पसिना र विवेकबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न आनाकानी गरे अनुगमन गरेर गैरजिम्मेवार सार्वजनिक यातायात सञ्चालकहरूलाई कानूनी दायरामा ल्याउने अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले बताए ।

भाडामा सहुलियत दिनुपर्ने उल्लेखित वर्गलाई सहुलियत दिँदा निश्चित रुट, कोटा संख्या, दिन र समय नतोकी यस व्यवस्थाको पूर्ण रूपमा परिपालना गर्न र सहुलियत पाउने विद्यार्थी लगायतले पनि आफ्नो सक्कल परिचयपत्र देखाइ सहुलियत लिन उनले अनुरोध गरे ।

पछिल्लो समय भाडा छुट दिने सम्बन्धमा गुनासोहरू बढिरहेको भन्दै उनले २०६५ सालमा सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय भएको कुरा स्मरण गर्न पनि यातायात सञ्चालकहरूलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

One thought on “सार्वजनिक यातायातमा विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियुको खबरदारी

  1. पाल्पाबाट हामीहरूले शुरूवात गरेको अान्दोलन बाट याे निर्णय भएको हाे । यसको कार्यान्वयन हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *