वामदेवलाई एमाले फर्किने बाटो खुल्यो, सचिवालयले गर्यो यस्तो निर्णय

२०८१ माघ ८ गते २१:५३

फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेले वामदेव गौतम नेतृ्त्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा केही बेरअघि सम्पन्न भएको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टीको यो निर्णयसँगै पूर्वउपाध्यक्ष गौतमलाई एमालेमा फर्किने औपचारिक बाटो खुलेको छ ।
वामदेव र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनलाई आपसी छलफलबाट टुंग्याइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
आफूहरूको व्यवस्थापनलाई सचिवालय बैठकले छुट्टै एजेण्डा बनाएकोमा खुसी लागेको बताउँदै पार्टीले आज केही निर्णय लिए आफूहरू भोलि प्रवेश गर्ने गौतमले बिहान नेपाल प्रेससँग बताएका थिए ।
प्रतिक्रिया