आगामी भदौमा विधान महाधिवेशन गर्ने एमालेको निर्णय

२०८१ माघ ८ गते २१:४३

फाइल तस्बिर ।
काठमाडौं । सत्तारुढ घटक नेकपा एमालेले विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाल प्रेसलाई बताए ।
यसअघि एमालेको १०औं अधिवेशनको केही समयअघि २०७८ असोज १५-१७ मा गोदावरीकै सनराइज सम्मेलन केन्द्रमा प्रथम विधान महाधिवेशन सम्पन्न भएको थियो ।
प्रतिक्रिया
सक्रियताको लागि सबैको साथ हुन जरुरी छ