इनड्राइभकाे बहानामा यौन दुर्व्यवहार गर्ने युवक पक्राउ – Nepal Press

इनड्राइभकाे बहानामा यौन दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीले राइड सेयरिङ एप इन्ड्राइभको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले चितवनका २५ वर्षीय प्रबिन बराललाई पक्राउ गरेको हो । माघ २ गते मुग्लिनबाट काठमाडौं आउन इन्ड्राइभ बुक गरेकी युवतीलाई बरालले अनुचित प्रस्ताव राखी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । युवतीले आफूलाई ह्वाट्सएपमा त्यस्तो प्रस्ताव गरेको बताएकी छन् ।

बरालले आफ्नो प्रस्ताव मानेमा भाडा नलिने बताएको उजुरीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *