चीनमा शहरी रोजगारीमा उच्च वृद्धि


बेइजिङ । चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो ।
रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु इहोङले पत्रकार सम्मेलनमा बताए ।
‘सन् २०२४ को अन्त्यसम्म गरिबीबाट बाहिर तीन करोड ३० लाखभन्दा बढी मानिसलाई रोजगारी दिइएको थियो’, लुले थपे ।
गत वर्षको अन्त्यसम्ममा चीनका सामाजिक सुरक्षा कार्ड धारकहरूको सङ्ख्या एक अर्ब सात करोड डिजिटल सामाजिक सुरक्षा कार्ड प्रयोगकर्तासहित करिब एक अर्ब ३९ करोड पुगेको प्रवक्ताले बताए । -रासस/सिन्ह्वा