अखिल क्रान्तिकारीको नेतृत्वका आकांक्षीसँग प्रचण्डले गरे बेग्लाबेग्लै छलफल – Nepal Press

अखिल क्रान्तिकारीको नेतृत्वका आकांक्षीसँग प्रचण्डले गरे बेग्लाबेग्लै छलफल

काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्वका दाबेदारहरुसँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका छन् । अध्यक्षको दाबेदारहरुलाई खुमलटार बोलाएर प्रचण्डले छलफल गरेका हुन् ।

नेतृत्व चयनका लागि अहिले अनलाइनमार्फत उम्मेदवारी दर्ता चलिरहेको छ । अहिलेसम्म अध्यक्ष र महासचिवमा कसैको उम्मेदवारी परेको छैन । उम्मेदवारी दर्ताको लागि साँझ ६ बजेसम्मको समय दिइएको छ ।

नेतृत्वले सर्वसम्मतको प्रयास पनि जारी राखेको छ । प्रचण्डले नेतृत्वका आकांक्षीहरू विराज थापा, सुदिन पौडेल, उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राईलगायतलाई खुमलटारमा बोलाएर छलफल गरेका हुन् ।

सर्वसम्मत नभए पवन कार्की समूहले पनि बेग्लै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू भएपछि यसअघिका आकांक्षी सबै नेतृत्वको दौडबाट बाहिरिएका छन् । उनीहरुलाई पार्टीभित्र व्यवस्थापन गर्नेबारे छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर