अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन : शशांक


चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास जनाए ।
चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’
अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने भन्दै कोइरालाले तबमात्र विकासका काम अघि बढ्ने बताए । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए ।
संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्नेमा कोइरालाको जोड थियो ।
एउटा भारतीय टट्टु छ नेपालमा । उसलाई जानु परेको छ प्रचण्डको सरकार ।