बारले ‘ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आयोजना गर्ने – Nepal Press

बारले ‘ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आयोजना गर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले ५ औँ ल एशिया अन्तराष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

बार एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन ३ गतेदेखि फागुन ५ गतेसम्म दुई दिन सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मानव अधिकारको सहनशीलताःप्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरुको सामना भन्ने विषयवस्तुका मुद्दाहरुलाई सम्मेलनमा सम्बोधन गरिने नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले जानकारी दिए ।

नेपालमा पहिलो पटक सम्मेलनको आयोजना गर्न पाउँदा गर्व महसुस भएको अध्यक्ष घिमिरले बताए ।

विश्वभरका न्यायपालिका,कानुन व्यवसायी,मानवअधिकारकर्मीहरुको सहभागितामा नेपालमा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

सम्मेलनमा ल एशियाका सदस्य गैरसदस्यगरी २० भन्दाबढी राष्ट्रका १५० सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाउने छन् ।सम्मेलनमा मानव अधिकार,आदिवासी जनजाति, समुदायका अधिकारहरु गरी १२ वटा विषयगत सत्रमा छलफल हुने बार एसोसिएसनले जनाएको छ ।

ल एशियाले कानूनी पेशाको हक हितका लागि आवाज मुखरित गर्ने संस्थाको रुपमा विगत ५० वर्षदेखि काम गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर