धरानमा पानी माग्दै खानेपानी मन्त्रालय छिरे हर्क साम्पाङ

२०८१ माघ ८ गते ११:५६

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।
धरानलाई खानेपानी माग्दै काठमाडौं आएको धरानका मेयर साम्पाङ खानेपानी मन्त्री भेट्न सिंहदरबार पुगेका हुन् ।
उनी रितो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए । तर, प्रहरी उनको प्रहरीले गाग्री खोसेर राखेको छ । उनी मन्त्रालय जाँदा प्रहरीसँगै थिए ।
उनी हिजो धरानबाट रितो गाग्री बोकेर काठमाडौं आएका थिए ।
प्रतिक्रिया