जहाजअगाडि खिचेको तस्बिर राख्दै ज्योतिलाई समीक्षाको झटारो- दुश्मन हेरेको हेर्‍यै ! – Nepal Press

जहाजअगाडि खिचेको तस्बिर राख्दै ज्योतिलाई समीक्षाको झटारो- दुश्मन हेरेको हेर्‍यै !

काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अकारण आफूमाथि खनिएकी ज्योति मगरलाई सांकेतिक जवाफ फर्काएकी छन् ।

उनले फेसबुकमा जहाज अगाडि खिचेको तस्बिर पोस्ट गरेर लेखेकी छिन्– दुश्मन हेरेको हेर्‍यै ।

हुन त यो दुर्गेश थापा र समीक्षाले गाएको अहिलेको हिट गीतको बोल हो । तर, अहिले उनले यो शब्द ज्योति मगरप्रति समर्पण गरेको सहज अनुमान गर्न सकिन्छ । कारण, जहाज अगाडि खिचेको तस्बिर ।

दुई दिन अगाडि समीक्षाले श्री एयरलाइन्सको जहाजले समयमा उडान नगर्दा मर्का परेको भन्दै स्टाटस लेखेकी थिइन् । उक्त स्टाटसलाई ईंगित गर्दै ज्योतिले सामाजिक सञ्जालमा छुद्र टिप्पणी गरिन् ।

उनले ‘भर्खर प्लेन चढ्न थालेका पाखे कलाकार’ भन्दै समीक्षालाई गिज्याएकी थिइन् । आफ्नो स्टाटसमा ज्योतिले आफू व्यस्त रहेको देखाउन खोजेको नयाँ कलाकारहरूले जहाज अगाडि फोटो खिच्ने गरेको आरोप समेत लगाएकी थिइन् ।

उक्त स्टाटसमा ज्योतिले निकै आलोचना सहनु परेको छ । समीक्षाले आफूलाई लागेको कुरा लेख्दा ज्योतिले धेरै बाठी भएर छोरीको उमेरकी गायिकासँग अनाहकमा निहुँ खोजेको धेरैले टिप्पणी गरेका छन् ।

ज्योतिलाई जवाफ दिन आज समीक्षाले जहाज अगाडिकै फोटो हालिन् । उनले म्याग्दी महोत्सवमा जाने क्रममा यो तस्बिर खिचाएकी हुन् । अब ज्योतिको कस्तो प्रतिक्रिया आउला त ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर