नेकपा एस झण्डै ३३ लाख घाटामा, यस्तो छ आम्दानी खर्च विवरण – Nepal Press

नेकपा एस झण्डै ३३ लाख घाटामा, यस्तो छ आम्दानी खर्च विवरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले केन्द्रीय कार्यालयको सूचना पाटीमा टाँस गरी लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

अडिट रिपोर्टअनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रूपैयाँ आम्दानी भएको छ । त्यस्तै खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ छ । ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको उल्लेख छ ।


प्रतिक्रिया

One thought on “नेकपा एस झण्डै ३३ लाख घाटामा, यस्तो छ आम्दानी खर्च विवरण

  1. उठाएको पैसा नेताले खल्तीमा हाले । पार्टीलाई घाटामा देखाए । माओवादी, एस काँग्रेसको त त्यहि हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर