आजै एमाले फर्किने तयारीमा रहेका वामदेव भन्छन्- पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ – Nepal Press

आजै एमाले फर्किने तयारीमा रहेका वामदेव भन्छन्- पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् ।

उनले भने, ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन ।’

एमालेमा तपाईँको भूमिका के हुन्छ ? भन्ने प्रश्नमा उनले पहिले पार्टी प्रवेश गर्ने त्यसपछि पदको कुरा गर्ने बताए ।

उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जने भन्ने खबर आएको छैन खबर आएको छैन ।’

एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने माओवादी केन्द्रमा जाने तयारी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर