दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा  – Nepal Press

दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा 

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा  गत आवको सोहि अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो  ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५ पैसा रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी  १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *