कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?  – Nepal Press

कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ? 

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसामा रहेको छ भने नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ८५.०६ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ६.९६ प्रतिशत रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *